कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ ।
दिनहँ घट्दै आएको बजारमा आज भने सकारात्मक देखिएको हो । बुधबार २३ दशमलव ३२ अंकले गिरावट आएको बजार आज भने ३५ दशमलव ६६ अंकले बढेर २ हजार ४६४ दशमलव ३१ विन्दुमा पुगेको हो ।
बिहीबार २२४ वटा धितोपत्रको ५४ लाख ४४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूहको २ दशमलव ६२ प्रतिशतले बढेको हो ।
त्यस्तै, बिहीबार हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा नविल बैँक लिमिटेडको ७ करोड ३८ लाख ९५ हजार २१८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।





























प्रतिक्रिया