सुनको मूल्य शुक्रबार पाँच सय रुपैयाँले बढ्यो

सुनको मूल्य शुक्रबार पाँच सय रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार  निर्धारण भएको छ ।  चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

Skip This
Skip This
Logo