नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् ।
शनिबार बाग्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । उनले प्रचण्ड र नेपालले आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए ।
उनले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको बताएका छन्। ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको आराेप लगाए ।
'देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो,' उनले भने । नेपाल उर्वर देश र मिहेनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुःखद भएको बताएका छन्। सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ।































प्रतिक्रिया