एमाले विराटनगर महानगरपालिका कमिटीले आसन्न निर्वाचनमा मेयर पदको लागी ५ जनाको नाम सिफारिस गरेको छ । शनिबार अबेरसम्म बसेको महानगर कमिटीको बैठकले महानगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रिय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिए ।
यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पुर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पुर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा ५ जना सिफारिस भएका हुन । त्यस्तै उपमेयरमा ३ जना महिलाको नाम सिफारिस गरिएको छ ।
बिराटनगरमा अञ्जु उपाध्याय, बिमला घिमिरे, शिल्पा कार्कीको नाम सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरिएको छ । महानगरका मेयर र उपमेयर भने एमाले केन्द्रिय कार्यालयले तय गर्ने निर्णय यसअघि नै भईसकेको छ ।































प्रतिक्रिया