माधव नेपाल पक्षले जनमतलाई विभाजित गर्ने हैसियत नै राख्दैन : शंकर पोखरेल

माधव नेपाल पक्षले जनमतलाई विभाजित गर्ने हैसियत नै राख्दैन : शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीले जनमतलाई विभाजित गर्ने हैसियत नै नराख्ने बताएका छन् ।

एमालेको केन्द्रीय प्रचार विभागले आइतबार काठमाडौंमा आयोजना गरेको स्थानीय निर्वाचन केन्द्रित प्रचार भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो बताएका हुन् । एमाले विभाजनका कारण केन्द्रीय तहमा जति मत घटेको छ तल जाँदैगर्दा त्यति नै कम हुदै गएको नेता पोखरेलको भनाइ थियो ।

'माधव नेपाल पक्षले जनमतलाई विभाजित गर्ने हैसियत नै राख्दैन । उनीहरू परिणाम दिने हैसियत राख्दैन । त्यसैले उनीहरूले हामीलाई धेरै घाटा हुदैन', एमाले महासचिव पोखरेलले भने, 'उनीहरू अधिकतम् ४-५ लाख भन्दा बढी मत ल्याउदैन । त्यति मत हामीले माओवादीबाट प्राप्त गरिसकेका छौ ।' 

माधव नेपाल पक्ष एमालेबाट बहिर्गमन भएपछि एमालेलाई केही न केही क्षति भएको भएपनि तर त्यति मत माओवादीबाट फिर्ता ल्याइसकेको उनको दाबी थियो ।

आजको गठबन्धनले पुरानो जनमतको तथ्यांक अगाडि सारेर दृष्टिकोण निर्माण गर्न खोजिरहेको भन्दै पोखरेलले विगतको स्थानीय चुनावमा पनि कांग्रेस र माओवादीले धेरै ठाउँमा चुनावी तालमेल गरेर चुनाव लड्दा एमालेले एक्लै चुनाव लडेर ४० प्रतिशत जितेर पहिलो पार्टी भएको बताए । कतिपयले तलमेलका कारण एमाले पहिलो भएको भनेर भन्ने गरेको भएपनि विगतमा अवलम्बन गरेका नीतिका कारण एमाले पहिलो पार्टी भएको नेता पोखरेलले बताए । 

यो गठबन्धनले अप्राकृतिक अध्यादेश ल्याएर एमाले विभाजन गरेपछि अध्यादेश फिर्ता गरेको बताउदै उनले आफ्नो पार्टी पनि सग्लो नरहने देखेपछि अध्यादेश फिर्ता गरिएको बताए । 'एमाले विभाजन गर्न ल्याइएको २०५ को अध्यादेश कायम राखेको भए आज गठबन्धनमा जुन दलहरू छन् ती एक हुने थिएनन् । त्यसैले एमाले विभाजन गरिसकेपछि त्यो अध्यादेश फिर्ता गरियो', पोखरेलले भने ।

पार्टी विभाजन भनेको जननिर्वाचित जनप्रतिनिधिहरूका बिचमा हुने प्रतिनिधि भएको बताउँदै तर एमालेको विभाजन केन्द्रीय नेताहरुको विभाजन भएको बताए । नेताहरूले विभाजनले जनमतमा कम क्षति गर्ने समेत बताए ।

निर्वाचनमा राष्ट्रिय जनमोर्चाको समेत मत घटेको पोखरेलले बताए । एमाले नेतृत्वको सरकारलाई असहयोग गरेका कारण सबैभन्दा बढी प्रभाव रहेको क्षेत्रमा नै जनमोर्चा कमजोर बनेको उनको भनाइ थियो । 'जनमोर्चा अलि बढी प्रभाव रहेको लुम्बिनी र गण्डकी प्रदेशमा विघटनको संघारमा छ । प्रदेश सरकारलाई असहयोग गरेपछि जनमोर्चाको मत घटेको छ', नेता पोखरेलले भने । 

अहिले एमालेका पक्षमा समय बदलिएको भन्दै उनले कमजोर भनिएको मधेश प्रदेशमा समेत एमाले टक्कर दिने हैसियतमा पुगेको बताए । नेपालको राजनीतिमा प्रतिवद्ध मतदाता नै चलायमान हुने गरेको बताउदै पोखरेलले ती चलायमान मतदातामध्ये ८०५ एमालेमा रहेको र २०५ अन्य पार्टीमा गएको बताए । 

एमाले अहिले कमजोर छ भनेर गठबन्धनले प्रचार गर्न खोजेपनि वास्तवमा त्यस्तो नभएको भन्दै गठबन्धनका विरुद्ध एमाले एक्लै लड्ने पोखरेलले बताए । उनले भने, 'हामी कमजोर होइन झन् बलियो भएका छौ । गठबन्धन गरेर आए हुन्छ हामी एक्लै भिड्न तयार छौ ।' मुलक विकास र समृद्धिमा हामी अगाडि बढ्ने हो भने केपी ओली र नेकपा एमालेलाई सहयोग गर्नुपर्ने उनले बताए ।

Skip This
Skip This
Logo