सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोका पुर्याइयाे

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोका पुर्याइयाे

केन्द्रबिन्दु
0
Shares

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अघि पुर्याइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ। हनुमानढोका दरबार क्षेत्रको कालभैरव अघि रथ पुगेसँगै पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

रथयात्राको तेस्रो दिन सोमबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का अध्यक्षसमेत रहेका नीलकाजी शाक्यले जानकारी दिए। तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने मार्ग तय गरिएको छ।

रथयात्राका लागि शनिबार दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो। बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो।   

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ। रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ।

फाइल फाेटाे

Skip This
Skip This
Logo