उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अवस्थी

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अवस्थी

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । लामो समयदेखि आर्थिक पत्रकारिता क्षेत्रमा काम गर्दै आएका अवस्थीलाई महासंघले आइतबार महानिर्देशकमा नियुक्त गरेको हो ।

अवस्थीले यस अघि महासंघको उप महानिर्देशकको रुपमा काम गरिसकेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत रहेका अवस्थी अन्तरराष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार व्यक्ति मानिन्छन् ।उनले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । 

यस अघि महासंघले पूर्व प्रशासकलाई मात्र महानिर्देशकमा नियुक्त गर्दै आएकोमा सम्भवत पहिलो पटक सोभन्दा बाहिरका व्यक्तिलाई सो पदमा नियुक्त गरेको हो ।

Logo