नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ भने स्थिर छ। आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ।































प्रतिक्रिया