भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते, एक जनाको हड्डी भाँचियाे

भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते, एक जनाको हड्डी भाँचियाे

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा वढी घाइते भएका छन्।

गए राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन्। जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढासमेत भएको थियो।

ढुंगामुढापछि २० जनाभन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ। ६ जना टाँका लगाउनु पर्ने विरामी आएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ। 

जात्राको क्रममा सयौं युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ। यो क्रममा राति झै-झगडा हुने गर्दछ। भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ। 

फाइल फाेटाे

Skip This
Skip This
Logo