दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो, ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित

दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो, ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे  छ। कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो।

समूह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन। नेपाल चौथो स्थानमा छ। शीर्षस्थानको  ताजकिस्तानको चार अंक छ भने  दोस्रो स्थानकाे उज्वेकिस्तनको तीन अंक छ। तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो। पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएकाे थियाे। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ।

Skip This
Skip This
Logo