उदयपुरमा घरायसी विवाद हुँदा श्रीमतीको हत्या

उदयपुरमा घरायसी विवाद हुँदा श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाकाे हत्या भएको छ।

सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ। घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ। 

बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

प्रहरीले घटनास्थलकाे प्रकृति मुचुल्का गरि शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेकाे छ। पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

Skip This
Skip This
Logo