बेरुजु फर्स्यौटमा गम्भीर हुन गृहमन्त्रीको आग्रह

बेरुजु फर्स्यौटमा गम्भीर हुन गृहमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फर्स्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन्।

गृहमन्त्री खाणले बेरुजु फर्स्यौटमा गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाईमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूँजीगत खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे । 

उनले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरि विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताए । 

गृहमन्त्री खाणले नेपाल प्रहरी र सशष्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्यौट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसासमेत गरे । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भएपनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संगठनमा रहँदा आफूले देश र जनताको सेवामा समर्पित भएर लागेको र त्यो अनुभवलाई आउने दिनमा पनि प्रयोगमा ल्याउने कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्री खाणले खनाललाई उत्कृष्ट बेरुजु फर्स्यौट सम्मान पनि प्रदान गरे ।

Skip This
Skip This
Logo