हेटौंडाको मेयरमा र उपमेयरमा एमालेबाट तीन-तीन जनाको नाम सिफारिस

हेटौंडाको मेयरमा र उपमेयरमा एमालेबाट तीन-तीन जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३-३ जनाको नाम सिफारिस गरेको छ । 

मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले सर्वसहमतिमा उम्मेदवार टुंगो लगाउन नसकेपछि ३र३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

मेयर पदमा अहिलेका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र जिल्ला समन्वय समिति मकवानपुर सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएको छ ।

बुधबार जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाउने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । यदि जिल्लाबाट पनि उम्मेदवार टुंगो लगाउन नसकेको अवस्थामा प्रदेश कमिटीलाई सिफारिस गरिने उनले बताए ।

Skip This
Skip This
Logo