स्वदेश फर्कन लागेका नेपालका लागी भारतीय राजदुत विनयमोहन क्वात्राले मंगलबार बिदाई रात्रीभोज दिएका छन् । भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि आफ्नो कार्यकालको बीचमै स्वदेश फर्कन लागेका राजदूत क्वात्राले मंगलबार दिएको बिदाई रात्रीभोजमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका नेता र मन्त्रीहरु पुगे ।
प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता र मन्त्रीहरु पुगेका हुन् । राजदूतावासमा प्रधानमन्त्री देउवा करिब आधा घण्टा बसेर फर्केको सुरक्षा स्रोतले जानकारी दिएको छ । राजदूतावासमा गृहमन्त्री बालकृष्ण खाँण लगायतका मन्त्री र विभिन्न दलका नेताहरु सहभागी थिए ।
रात्रिभोजमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने सहभागी भएनन् । तर एमाले उपाध्यक्ष सुवास नेम्वाङ भने लैनचौर पुगेका थिए । क्वात्राले मंगलबार दिउँसो नै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री खाँणलाई सिंहदरबारमा पुगेर बिदाई भेट गरेका थिए ।































प्रतिक्रिया