छात्रामाथि यौन दुर्व्यवहार आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

केन्द्रबिन्दु
0
Shares

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा  प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्यलाई प्रहरीले यौन दुव्र्यवहार आरोपमा पक्राउ गरेको हो ।

सोही शिक्षालयमा अध्ययनरत दुई छात्राले मंगलबार आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो गरेपछि नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो समेत दलेका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा लगेर थप अनुसन्धान भइरहेको शाहले बताए । शिक्षालयमा अध्ययनरत अन्य छात्राहरूले पनि प्रिन्सिपल आचार्यले आफूहरूलाई पटकपटक यौनजन्य हिंसा गर्दै आएको बताएका छन् । 
 

Skip This
Skip This
Logo