उद्यमीका रूपमा अघि वढ्दै १८ वर्षे डेनियल कटवाल, केश ब्रान्डको सलुनको फ्रेन्चाइज विस्तारमा

उद्यमीका रूपमा अघि वढ्दै १८ वर्षे डेनियल कटवाल, केश ब्रान्डको सलुनको फ्रेन्चाइज विस्तारमा

केन्द्रबिन्दु
0
Shares

सिमरा ।

सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेविड कटवालका १८ वर्षीय छोरा डेनियल कटवालले ‘केश द हेयर स्टप’ को नामबाट आफ्नै ब्राण्डको सलून सञ्चालनमा ल्याउने भएका छन् ।

डेनियलले केशको मुख्य सलून सञ्चालन गर्नुअघि नै सिमरामा पहिलो फ्रेन्चाइजी विक्री गरेका हुन् । शनिवार डेनियलले केश ब्राण्डको पहिलो फ्रेन्जाइजी सिमराका शैलैश गिरीलाई दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

डेनियलले केश ब्राण्डलाई नीलडेभिड्स सलूनकै मिनि ब्राण्डको रुपमा सञ्चालन गर्न थालेका छन् भने केश ब्राण्ड नेपालका स–साना शहर उन्मूल गाउँ तथा शहरहरुमा स्थापना गरिने डेनियलले दावी छ ।

डेनियलका अनुसार तीन सयदेखि पाँच सय स्क्वायर फीटमा यो सलून सञ्चालन गरिनेछ । हेयर स्टाइलिस नीलडेविड कटवाल भन्छन्, “छोरालाई पनि आफ्नै पेशामा लगाउन पाउँदा निकै सफल भएको महसुस गरेको छु ।”

केशको पहिलो फ्रेन्चाइजी सिमरास्थित सिमरा हेरिटेज एण्ड कम्प्लेक्समा सञ्चालन हुनेछ । केही समय अघि मात्रै भारतको पुणेबाट सलोन म्यानेज्मेन्ट तथा फ्रेन्चाइज म्यानेज्मेन्टमा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएका डेनियलले आफ्नो अध्ययन अनुसारको काम समेत सुरु गर्न लागेका हुन् ।

Skip This
Skip This
Logo