यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर निर्वाचित

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर निर्वाचित

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् । महासङ्घको मंगलबार सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । स्वाँरले यसअघि तीन पटक वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

त्यस्तै महासङ्घको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागमती प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजकसमेत निर्विरोध भएको छ ।

बुधबार विहान सम्पन्न मतगणनाबाट वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, पुन्यप्रसाद (सरोज) सिटौला र ऐनकुमार शाही निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सिटौलाले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन् । उनले ८१५ मत खसेकोमा ५ सय ५५ मत प्रप्त गरे । 

Skip This
Skip This
Logo