बलिउड सिनेमाटोग्राफर कबीर लालले हरिहर र नीताको ‘ह्रस्व-दीर्घ’काे छायाकंन गर्ने

बलिउड सिनेमाटोग्राफर कबीर लालले हरिहर र नीताको ‘ह्रस्व-दीर्घ’काे छायाकंन गर्ने

केन्द्रबिन्दु
0
Shares

अभिनेता तथा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउँदैछन् । यस फिल्मकाे निर्देशन नीता आफैँ गर्ने चर्चा चलेकाे भए पनि निर्णय परिवर्तन भएकाे छ। नीता निर्मात्री, अभिनयको जिम्मेवारीमा मात्र सीमित रहन चाहेपछि फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तले लिने भएका छन्।

नीता फिल्मसकाे ब्यानरमा बन्न लागेको फिल्मलाई भारतका चर्चित सिनेमाटोग्राफर कबीर लालले छायाकंन गर्ने भएका हुन्। ८५ दिनसम्मको सुटिङ सेड्यूअल रहने ‘ह्रस्व–दीर्घ’ फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहनेछ। फिल्मको छायांकन भने दसैँपछि हुने बताइएकाे छ।

यसकाे छायांकन भारतका प्रसिद्ध सिनेमाटोग्राफर कबीर लालले गर्ने भएका छन् । कबीर हिन्दी र साउथ फिल्म क्षेत्रका उत्कृष्ट सिनेमाटोग्राफर हुन्। उनले छायांकन गरेका धेरै उत्कृष्ट फिल्महरूमा साजन, लाडला, त्रिमूर्ति, ताल, कहो ना प्यार है, हमारा दिल आपके पास है, यादिन, हिरोपन्ति २ लगायत छन्।

नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुने बताइएको छ।

Skip This
Skip This
Logo