निर्वाचन निष्पक्ष, मितव्ययी र जिम्मेवारीपूर्वक सम्पन्न गर्न निर्देशन

निर्वाचन निष्पक्ष, मितव्ययी र जिम्मेवारीपूर्वक सम्पन्न गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् । छ ।

निर्वाचन आयोग नेपालद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन-२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले  स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिए ।  

उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखे ।  

उनले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने पनि जानकारी  दिए । उनले १० हजार २०० मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए । 

प्रदेश नं १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवका रूपमा लिई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।
 

Skip This
Skip This
Logo