आईपीएल : मुम्बईको पाँचौ हार

आईपीएल : मुम्बईको पाँचौ हार

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार व्यहोरेको छ । बुधबार राति पुनेमा भएको खेलमा पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए । यस्तै  सूर्यकुमार यादवले ४३ रनको योगदान गरे । पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो । 

पन्जाबका  शिखर धवनले सर्वाधिक ७० रन बनाए  । यस्तै कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गरे । मुम्बईका बसिल थाम्पीले २ विकेट लिए । जितसँगै पन्जाब ५ खेलबाट ६ अंक जोडेर  तेस्रो स्थानमा छ । मुम्बईले ५ खेलबाट बिना अंक पुछारमा छ । 

Skip This
Skip This
Logo