बारामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ, १२ जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।































प्रतिक्रिया