सिफारिस २० जना राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

सिफारिस २० जना राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

केन्द्रबिन्दु
0
Shares

मन्त्रीपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । 

संसदीय सुुनुवाई समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरु उपर उजुरी आह्वान गरेको हो ।

१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए । 

उनले भने , ‘अहिले मन्त्रीपरिषदले २० जना राजदूतहरुको सिफारिस गरेको छ । उनीहरुको बारेमा समितिको बैठकबसी उजुरी आह्वान ग¥यौं । १० दिनको टाईम दियौं । १० दिन भित्र जसलाई उपयुक्त वा अनुपयुक्त के लाग्छ ? त्यसबारे जनताबाट उजुरी मागेका छौं । यो उजुरीको लागि आज समितिमा सर्वसम्मतिले निर्णय ग¥यौं । र, यो उजुरी अनुसार नै १० दिन वितेपछि सुनुवाईको काममा लाग्छौं हामी ।’

गत चैत्र २४ गते बिहीबार बसेको मन्त्रीपरिषद बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरव राजदुत सिफारिस गरिएको थियो । 

घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो ।

प्रस्तावित राजदुतहरुको उजुरीमाथि पनि संसदीय समितिले छानवीन गर्न छ । त्यसपछि उनीहरुको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी समितिले उनीहरुको नाम अनुमोदन गर्नेछ । समितिले अनुमोदन गरेका राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त दिर्ने संवैधानिक व्यवस्था छ ।

Skip This
Skip This
Logo