बिन्ध्यवासिनी म्युजिक प्रालिले विभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई अवार्ड वितरण गरेकाे छ।शनिबार राजधानीकाे हाेटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा विजेताहरूलाई अवार्ड वितरण गरिएकाे हाे। अवार्ड वितरण कार्यक्रममा महानायक राजेश हमाल लगायत विभिन्न कलाकारहरूकाे उपस्थिती रहेकाे थियाे ।
विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड : गीतकार बिश्व बल्लभले पाएका छन् । जसकाे राशी नगद १ लाख रूपैयाँ रहेकाे छ। यस्तै विन्ध्यवासिनी संगीत साधना सम्मान : गायिका तारा थापाले पाएकी छिन् । जसकाे राशी नगद ५० हजार रूपैयाँ रहेकाे छ। कार्यक्रममा उत्कृष्ट गितकार, संगितकार, पत्रकार, सर्बोत्कृष्ट गीत, सर्बोत्कृष्ट रचना लगायतमा छनाैट भएकाहरूलाई अवार्ड वितरण गरिएकाे हाे ।
बाह्राैं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ का बिजेताहरु
विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड : गीतकार श्री बिश्व बल्लभ (नगद १ लाख) ।
विन्ध्यवासिनी संगीत साधना सम्मान : गायिका श्री तारा थापा (नगद ५० हजार) ।
प्रेमध्वज संगीत रत्न सम्मान : गायक श्री अजर जंगम (नगद २५ हजार) ।
विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान : पत्रकार श्री श्याम स्मृत (नगद २५ हजार) ।
पपूलर अवार्ड : श्री भुमिका गीरी ।
अन्तर्राष्ट्रिय संगीत सम्मान : श्री पुरण प्रधान "अस्ट्रेलिया" ।
पब्लीक च्वाईस अवार्ड : श्री ध्रुवप्रसाद अम्गाई ।
जूरी अवार्ड गायन तर्फ: श्री लाबोनि चक्रवर्ती ।
जूरी अवार्ड म्युजिक भिडियो तर्फ: श्री बबिता श्रेष्ठ मलेकु ।
जूरी अवार्ड अभिनय तर्फ: श्री एलिना रायमाझी ।
जुरी अवार्ड संगीत तर्फ: श्री सुरज पण्डित ।
जुरी अवार्ड गीत तर्फ: श्री बालक गुरूङ ।
सर्बोत्कृष्ट गीत : "बल्दो मैनबत्ती" श्री दुर्गालाल श्रेष्ठ ।
सुगम संगीत सर्बोत्कृष्ट गायक :श्री बादल थापा "धुरूरू" ।
सुगम संगीत सर्बोत्कृष्ट गायिका : श्री समीक्षा अधिकारी "धुरूरू" ।
सुगम संगीत सर्बोत्कृष्ट संगीत : श्री थानेश्वर गौतम "तिम्रा यादहरू" ।
सुगम संगीत सर्बोत्कृष्ट रचना : श्री जिवन बिश्वकर्मा "तिम्रा यादहरू" ।
सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन) : श्री बिश्वास नेपाल "सनीसार" ।
सर्बोत्कृष्ट पप गायक : श्री सुरज कुमार थापा "भयो त भयो" ।
सर्बोत्कृष्ट यूगल गायन : श्री मेलीना राई र श्री सरोज कोइराला "ऐलान" ।
सर्बोत्कृष्ट लोक दोहोरी गायक : श्री कुशल बेल्बासे "सनिसार" ।
सर्बोत्कृष्ट लोक दोहोरी गायीका : श्री शान्तिश्री परीयार "हातैका पौजाले" ।
सर्बोत्कृष्ट लोकदोहोरी भाका : श्री ॠषी खड्का "बर्बादी" ।
सर्बोत्कृष्ट लोकदोहोरी रचना : श्री भागीरथ चलाउने "फलाम पिटे तरबार" ।
सर्बोत्कृष्ट लोकदोहोरी गीत : "कुरा बुझ्नपर्छ" श्री प्रकाश सपुत ।
सर्बोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल : श्री दिक्पाल कार्की र श्री अनु शाह "खुशी दिने" ।
सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत "मेरो पनि हैन र यो देश" श्री प्रकाश सपुत ।
सर्बोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशक : स्मृती तिमल्सिना "गुरूआमा" "याद" ।
सर्बोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशक: श्री देवेन्द्र पाण्डे "पिरती बस्यो नी सानु" ।
सर्बोत्कृष्ट सुगम संगीत महिला गीतकार : श्री सुनीता बस्नेत थापा "सुटुक्कै" ।
सर्बोत्कृष्ट म्युजिक भिडियो छायांकार : श्री मधुर बस्नेत "पागल" ।
सर्बोत्कृष्ट म्युजिक भिडियो सम्पादक : श्री दिपक बिष्ट "सुर्ती माड्दा माड्दै" ।
सर्बोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा : श्री जानुका तामाङ "उखु गुलियो" ।
सर्बोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा : श्री प्रमित लामिछाने "खुसी दिने" ।
सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल श्री सारिका केसी. र श्री शिसीर पौडेल "सनिसार" ।































