चितुवाको छाला र खप्परसहित बुढानिलकण्ठबाट चार जना पक्राउ

चितुवाको छाला र खप्परसहित बुढानिलकण्ठबाट चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितुवाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चार जनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो। 

दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चिम गेष्ट हाउसबाट चार जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चाँगुनारायण–५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन्। 

उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउकोको खप्पर एक थान, चार थान मोबाइल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ। 

Skip This
Skip This
Logo