यस वर्षकाे एसइईमा मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदै

यस वर्षकाे एसइईमा मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदै

केन्द्रबिन्दु
0
Shares

आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। 

परीक्षामा २१ छात्रा र २२ छात्र गरि जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईंले बताए। उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन्। जिल्लाको लोकप्रिय माविमा एउटा परीक्षा केन्द्र रहनेछ। 

जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए। परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ। शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । 

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइई सञ्चालन गर्न लागिएको हो।

फाइल फाेटाे

Skip This
Skip This
Logo