माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएपछि बैठक साँझ बस्ने गरि स्थगित भएकाे छ। सोमबार बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएका हुन्।
पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलन सकेर बालुवाटारमा जारी गठबन्धनको बैठकमा फेरि प्रचण्ड सहभागी हुनेछन् ।
गठबन्धन बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा गरेर उम्मेदवार तय गर्ने विषयमा कुराकानी भइरहेको मल्लले जानकारी दिए।
बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए।





























प्रतिक्रिया