शेयर बजारमा ओरालो यात्रा आज पनि, ४१ दशमलव ७७ अङ्कले घट्याे नेप्से

शेयर बजारमा ओरालो यात्रा आज पनि, ४१ दशमलव ७७ अङ्कले घट्याे नेप्से

केन्द्रबिन्दु
0
Shares

साेमबार पनि शेयर बजार घटेको छ। आइतबार २९ दशमलव ६ अङ्कले घटेको नेप्से परिसूचक आज साेमबार ४१ दशमलव ७७ अङ्कले घटेर २३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको छ। 

आज सबै समूहको उपसूचक घट्याे । बीमा, उत्पादन, जलविद्युत्, फाइनान्स, अन्य, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। 

साेमबार २२९ कम्पनीका ३८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको चार करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएकाे छ। 

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ। तर पनि नेष्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। 

Skip This
Skip This
Logo