अर्घाखाँचीकाे गठबन्धनमा भागबण्डा मिलाउन सकस, कहाँ अड्कियाे हलाे ?

अर्घाखाँचीकाे गठबन्धनमा भागबण्डा मिलाउन सकस, कहाँ अड्कियाे हलाे ?

केन्द्रबिन्दु
0
Shares

हैन, अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट काे काे उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेकाे छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने याेजनामा रहे पनि भागबन्डामै अल्झिँदा चुनावी माहाेलसमेत बन्न सकेकाे छैन ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे दाबी मिलाउन नसक्दा बाँडफाँटमा ढिलाइ भैरहेकाे नेपाली कांग्रेसका एक नेताले बताए। यद्यपि, चाँडै टुंग्याउने प्रयास भैरहेकाे उनकाे भनाइ छ। 

'विभिन्न चरणमा छलफल भैरहेका छन्। सहमतिमा पुग्ने प्रयास जारी छ।' नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने 'सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ।'

कहाँ अड्कियाे हलाे ?
विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा साेही अनुसारकाे हैसियत माओवादी केन्द्रले दाबी गरिरहेकाे छ भने मालारानीसमेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीकाे दाबी छ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेकाे नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा  नेतृत्व मागिरहेकाे छ। सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेकाे एकीकृत समाजवादीले कम्तिमा एक पालिका छाेड्नै नसकिने जनाएकाे छ। 

गत निर्वाचनमा भूमिकास्थानमा राम्राे मत पाएकाे र कार्यपालिकामा बहुमत भएकाे राष्ट्रिय जनमाेर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेकाे छ। जनमाेर्चाले भूमिकास्थानकाे नेतृत्वसहित पाँच वडा दाबी गरेकाे छ। त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमाेर्चाकाे दाबी छ।

एमाले प्रवेश गरेका टाेपबहादुर रायमाझीलाई यसपटक संघीय संसद् छिर्नबाट राेक्ने मनसाय बाेकेकाे माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ। यद्यपि, माओवादीले बढी भाग खाेजेका कारण गठबन्धननै संकटमा परेकाे ती नेताले बताए।

Skip This
Skip This
Logo