नयाँ सम्भावनाहरूको सञ्जाल : ‘रोलिङ नेक्सस डटकम’को औपचारिक सुरुवात (भिडियोसहित)

नयाँ सम्भावनाहरूको सञ्जाल : ‘रोलिङ नेक्सस डटकम’को औपचारिक सुरुवात (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रा.ली’ले आफ्नो १६ औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ । विहीबार भर्चुअल माध्यमबाट प्रेस कन्फ्रेन्स गर्दै कम्पनीले आफ्नो नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए ।

नयाँ तथा पुराना सबै पुस्ताका लागि निकै नै लाभदायी हुने भनिएको यस कम्पनीले थुप्रै बेरोजगार जनशक्तिका लागि अवसरको सम्भावना खोजी गर्ने उद्देश्य तय गरेको छ । सोहि अनुरुप कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ का रुपमा पनि परिभाषित गरेको छ ।

भिडियो :

कम्पनीको भर्चुअल प्रेस कन्फ्रेन्समार्फत डिजिटल युगको नयाँ सुरुवात भन्दै श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, महानायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना सन्देश दिएका छन् ।

संस्थाले रोजगारी सृजना तथा प्रर्वधन, दक्षता अभिवृद्धि, व्यवसाय वृद्धि, गिग इकोनमी र सेयर्ड इकोनमी तथा सञ्जालमार्फत नै नयाँ अवसर र सम्भावनाको खोजीका सम्बन्धी काम गर्ने उद्देश्य लिएको छ । यससँगै कोभिड–१९ का कारण यतिबेला अर्थतन्त्र आफैंमा अप्ठ्यारोमा छ भने, थुप्रै मानिसहरूले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा रोलिङ नेक्ससले नयाँ अवसर र सम्भावनाको खोजी गर्ने प्रतिवद्धता समेत जनाएको कम्पनीकी निर्देशक निसा केसीले जानकारी दिईन् ।

Skip This
Skip This
Logo