सहमति भइसक्याे, माइन्युटमा हस्ताक्षर गर्न मात्र बाँकी छ : नेता गुरुङ

सहमति भइसक्याे, माइन्युटमा हस्ताक्षर गर्न मात्र बाँकी छ : नेता गुरुङ

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनका लागि तालमेलको टुंगो लगाउन बसिरहेको सत्ता गठबन्धनको बैठक सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । 

सोमबार दिनभर र आज दिउँसो ३ बजेदेखि बसेको बैठक निष्कर्ष नजिक पुगेको उनीहरुको दाबी छ । 

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताए । त्यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको र खाना खाएर आएपछि गृहकार्य गर्ने बताए ।

नेताहरुले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको उनले दाबी गरे। अब उपमहानगरको पनि टुंगो लगाउने उनको भनाइ छ।

‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ। हस्ताक्षर नगरी भन्न भएन। उपमहानगरको पनि टुंगो लगाउछौं,’ नेता गुरुङले भने । बैठक आजै राति १० बजेपछि पुनः बस्ने जनाइएको छ । 

Logo