एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा

एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा

केन्द्रबिन्दु
0
Shares

चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । गत महिना मिलान र इन्टरले सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । 

सान सिरोमा खेलको चौथो मिनेटमै मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लियो । ४०औँ मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले इन्टरको अग्रता ३-० मा पुर्‍याएका थिए ।

मिलानमाथिको जितपछि इन्टर यस सिजन दोस्रो घरेलु उपाधिको संघारमा पुगेको छ ।  इन्टरले यसअघि सुपरकोपा इटालियाको उपाधि जितिसकेको छ । सिरी ‘ए’ मा भने इन्टर ६९ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मिलानभन्दा दुई अंक कम हो । 

मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ । इन्टर ११ वर्ष पछि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । सो फाइनलमा इन्टरले  पालेमोलाई ३(१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

Skip This
Skip This
Logo