ललितपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवायुवतीको प्रश्न र समस्या सुनिरहेका छन् ।
कार्यक्रमको सुरुमा उनले अब हरेक वर्ष वैशाख ७ गतेलाई यसरी नै युवाहरूको अनुभव र प्रश्न सुन्ने कार्यक्रमका रूपमा मनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका युवा व्यवसायी, खेलाडी, कलाकार, विद्यार्थी लगायतको सहभागीता छ। उनीहरूले आफ्ना समस्यामाथि यदि फेरि पनि केपी शर्मा ओली प्रधानमन्त्री भए कसरी सम्बोधन गर्नुहुन्छ भनेर प्रश्न गरिरहेका छन्।





























प्रतिक्रिया