विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस आज नेपाल आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस आज नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन्। उनी तीन दिने भ्रमणका लागि काठमाडाैं आउन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन् ।

टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री विराेध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण उनले गर्नेछन् । भ्रमण १० वैशाखसम्म हुनेछ।

Skip This
Skip This
Logo