फिलिपिन्सका किशोरले फ्रिजमा २० घण्टा बसेर ज्यान बचाए

फिलिपिन्सका किशोरले फ्रिजमा २० घण्टा बसेर ज्यान बचाए

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्सका एक ११ वर्षीय किशोर घन्टौंसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् । न्यूयोर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती किशोर आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।  

पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए । आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए । नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले किशोरलाई तत्काल उद्दार गरेको थियो । 

उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर किशोरलाई निकालेका थिए । ‘मलाई भोक लागेको छ’ उद्दारपछि ती किशोरले भनेका थिए । उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीमा किशोरकी आमा र दुई दाजुभाई अझै बेपत्ता छन् ।

मेगी आँधीपछि आएको अबिरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।

Skip This
Skip This
Logo