पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५४७ नमुना परीक्षण गर्दा १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् ।
एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३५ हजार ७२८ रहेको छ।
वैशाखमा कति संक्रमित थपिए?
नेपालमा काेराेना संक्रमण घट्दै गएकाे पछिल्लाे तथ्यांकले देखाएकाे छ। यद्यपी यसप्रति सजग रहनु पर्ने भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएकाे छ।
मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ गते चार जनामा संक्रमण देखिएको थियाे। वैशाख २ मा १४, वैशाख ३ मा ९ जना, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा संक्रमण देखिएको छ। यस्तै वैशाख ७ गते १३ जनामा संक्रमण देखिएको थियो।































प्रतिक्रिया