सुदूरपश्चिममा रासायनिक मल अभाव : किसानलाई धान उत्पादन नै नहुने हो की भन्ने चिन्ता

सुदूरपश्चिममा रासायनिक मल अभाव : किसानलाई धान उत्पादन नै नहुने हो की भन्ने चिन्ता

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रासायनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ । संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा किसानहरु छन् ।

धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका हुन् । धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भए पनि मल खरिद गर्न भौतारिनु पर्ने बाध्यता छ । मल किन्न बिहानैदेखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नु पर्ने दैनिकी नै बनेको छ । कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ ।

अहिले मल आपूर्ति गरिरहेका कुनै निकायमा मलको मौज्दात छैन । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका कार्यालय प्रमुख केशवप्रसाद पाण्डेले साल्ट ट्रेडिङले आपूर्तिको ३० प्रतिशत जिम्मा पाए पनि अहिले धनगढी शाखामा मलको मौज्दान शुन्य भएको बताए । उनले वीरगंजमा ३४ हजार मेट्रिक टन युरिया आएको र त्यसमध्ये १० प्रतिशत (३ हजार २ सय मेट्रिक टन) सुदूरपश्चिम प्रदेशको लागि छुट्याइएको बताए । उक्त मल अहिले सम्म ७ सय मेट्रिक टन आइसकेको र बाँकी मल आउने क्रममा रहेकाले किसानलाई सकेसम्म सहज वातावरणमा मल उपलब्ध गराउन लागिएको बताए ।

मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ । तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ । जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन् । यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समय नयाँ होइन । यो समस्या हरेक वर्ष देखिदै आएको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलेरै मलको खोजि गर्न बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गरे ।

मल आपूर्ति गरिरहेका कृषि सामग्री र साल्ट टे«डिङ कर्पोरेशनसँग अहिले पोटास बाहेक अन्य मल उपलब्ध छैन । डिएपी मल न्यून मात्रामा पाइए पनि युरिया मलको भने हाहाकार छ ।

Skip This
Skip This
Logo