नेपाली भाषाको पहिलो ‘टोस्टमास्टर्स क्लब’

नेपाली भाषाको पहिलो ‘टोस्टमास्टर्स क्लब’

केन्द्रबिन्दु
0
Shares

टोस्टमास्टर्स नेपालले पहिलो नेपाली भाषाको 'टोस्टमास्टर्स क्लब' स्थापना गरेको छ । जसको अध्यक्षमा नविल बैंकका सिइओ अनिल केशरी शाह चुनिएका छन् ।

टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा वैशाख ६ गते मंगलबार नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरेको हो । क्लबको उपाध्यक्षमा मनिष झा, सरोज बानिँया र नग्मा श्रेष्ठलाई नियुक्त गरिएको छ भने, सचिवमा समिर उपाध्यायलाई नियुक्त गरिएको छ । 

त्यस्तै कोषाध्यक्षमा सुभाष सापकोटा र सर्जेन्ट एट आर्म्समा सरिता श्री ज्ञवालीसहित २४ संस्थापक सदस्यलाई कार्यसमिति सदस्यमा नियुक्त गरिएको छ । नवनिर्वाचित अध्यक्ष शाहले क्लबमार्फत नेपालभरि यस्तै नेपाली भाषी टोस्ट्मास्टर्स क्लबहरु खोल्न सकिने उदाहरण सिर्जना गर्नुपर्नेमा जोड दिए । डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर रन्जित आचार्यले सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण गराए । 

डिस्ट्रिक्टका नेपाल लिडरहरुले टोस्टमास्टर कार्यक्रमका सम्पूर्ण पक्ष र फाइदाहरूको बारेमा प्रकाश पार्दै नयाँ सदस्यहरूको लागि ओरिएन्टेसन सेसन सञ्चालन गरेका थिए । कार्यक्रममा एरिया एनटूका एरिया डिरेक्टर रवीन्द्र प्रधान, डिभिजन 'बी' का डिभिजन डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सौरभ लोहनी, डिस्ट्रिक्ट पब्लिक रिलेसन म्यानेजर डिस्टिङगुइष्ड टोस्टमास्टर मुन प्रधान र डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सुमन शाक्यको उपस्थिति रहेको थियो ।

यो क्लबले सबै क्षेत्रका मानिसहरूलाई संवेदनशील तरिकाले सुन्न, रचनात्मक सोच्न र प्रभावकारी रूपमा बोल्न सिकाउँछ । साथै यसले सहयोगी र सकारात्मक वातावरणमा नेपाली भाषाको अभ्यास र अनुभवबाट सिक्ने अवसर पनि प्रदान गर्दै आएको छ । 

Skip This
Skip This
Logo