मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानको बारेमा शुक्रबार निर्णय हुने 

मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानको बारेमा शुक्रबार निर्णय हुने 

केन्द्रबिन्दु
0
Shares

बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुने भएपछि बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बुझिएको छ । यस अघि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने भनिसकेका छन् ।

शुक्रबार बस्ने मन्त्रिपरिषद्को प्राधिकरणको कार्यकारी निर्देशकका साथै सरकारको प्रवक्ता र केही मुलुकका लागि राजदूत समेत सिफारिस गर्ने पनि तयारी रहेको बताइएको छ ।

Skip This
Skip This
Logo