अमेरिका लैजाने भन्दै ४१ लाख ठगी, फिलिपिन्समा बन्धक बनाई यातना, अहिले हिरासतको बास

अमेरिका लैजाने भन्दै ४१ लाख ठगी, फिलिपिन्समा बन्धक बनाई यातना, अहिले हिरासतको बास

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ।  मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका-७ बस्ने रवि भन्ने ३२ वर्षीय रिकेश महर्जन र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ बस्ने २२ वर्षीया कमला लामा रहेका छन् ।

उनीहरुले २ जना व्यक्तिलाई २०७६ श्रावणमा अमेरिका लैजाने भन्दै काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म पुर्‍याई ४१ लाख ६० हजार रुपैयाँ ठगी गरी शारीरिक तथा मानसिक यातना समेत दिई बन्धक बनाई राखेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

Skip This
Skip This
Logo