नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने

केन्द्रबिन्दु
0
Shares

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने भएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको हो । बैठक बारे निर्णय सार्वजनिक गर्दै राष्ट्रियय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले ३६ खेल समावेश गर्ने निर्णय भएको जानकारी दिए । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो ।

युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजना सँगै १९औं एसियाली खेलकदमा सहभागि हुने खेलको पनि टुङ्गो लगाएको हो ।

राष्ट्रिय खेलकुदमा क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराते, जिम्नास्टीक, कबड्डी, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिने छ । छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ ।

यस्तै क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरु आउटडोरमा हुनेछन र वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ । तर सदस्य सचिव घिसिङले त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने बताए । साथै उनले स्थानिय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने बताए । यसका साथै उनले प्रदेशको खेलाडी छनोटका लागि संघिय प्रदेश, विभागिय टोली तथा एनआरएनलाई जिम्मेवारी दिइएको छ ।

जेठ १० गतेभित्र खेलाडी तथा पदाधिकारीको दर्ता गरिसक्नु पर्ने मिति तोकिएको छ । यस्तै बजेट बाट १९औ एसियाली खेलकुद तयारी प्रभावित नहुने समेत बताए । 

Skip This
Skip This
Logo