गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका बेला अपनाउने सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका छन्। 

गृहमन्त्री खाणले शनिबार नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन्। 

गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुखहरू अरुणकुमार बिसी, मसुद आलम खाँ, पूजा सिंह, दिवस लोहनी, नलप्रसाद उपाध्याय, गणेश ऐर र मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेला अपनाइने सुरक्षा प्रबन्धबारे जानकारी लिएका हुन्। 

यस्तै उनले सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरू कमलराज गिरी, गणेश ठाडा मगर, किशोर प्रधान, शम्भु सुवेदी, कुलबहादुर नेम्बाङ, अभि खत्री र दुर्गाप्रसाद भट्टराईसँग पनि सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

गृहमन्त्री खाणले त्यसक्रममा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिए। निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको समय वैशाख ११ (आज) र १२ गते छुट्याएको छ।

Skip This
Skip This
Logo