जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ। आइतबार पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेर उम्मेदवारी मनोनयन दर्ता थाल्ने जनाएको हो।
पार्टीको घोषणापत्रमा प्रत्येक पालिकामा चक्रपथ निर्माण गर्ने पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन् । घोषणापत्रमा सम्मुन्नत संघीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने बताइएको छ।
पार्टीले अर्थतन्त्रको सञ्चालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिवद्धतासमेत गरेको छ।































प्रतिक्रिया