आज मन्त्रिपरिषद बैठक बस्ने, बैठकमा कुलमानको प्रस्ताव लैजाने तयारी

आज मन्त्रिपरिषद बैठक बस्ने, बैठकमा कुलमानको प्रस्ताव लैजाने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने वा नगर्ने विषयको प्रस्ताव पेस हुने बताइएको छ ।

बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका थिए । तर उनले कुलमानकै विषयमा भने कुनै निर्णय भइनसकेको स्पष्ट पारेका छन् ।

भदौ २९ गतेदेखि कुलमानको पदावधि सकिंदैछ । उनलाई पुनःनियुक्ति गर्नु पर्ने सर्वसाधारणको माग रहे पनि यस विषयमा अहिलेसम्म सरकारले कुनै निर्णय गरेको छैन ।

प्राधिकरणमा रहेर उत्कृष्ट काम गरेका घिसिङलाई पुनःनियुक्तिको विषय आजको बैठकमा पेस हुने भए पनि निर्णय भने आजै हुने वा नहुने भन्ने निधो छैन ।

प्राधिकरणको नयाँ सिइओमा कुलमान सहित ६ जना प्रतिश्पर्धी रहेका छन् ।

Skip This
Skip This
Logo