स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बाेधन गरी साेमबार राजीनामा दिएका हुन् ।
उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए। सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन्।
उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन् । उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन् । उनको राजीनामाले सूर्यविनायक कांग्रेसलाई अफ्ठ्यारो पर्ने र त्यसको फाइदा सिधै एमालेलाई हुनसक्ने आंकलन गरिएको छ । गएको चुनावमा सूर्यविनायकमा एमालेले झिनो मतले विजयी हासिल गरेको थियो ।































प्रतिक्रिया