कांग्रेसबाट चन्दननाथको मेयरमा शाही र उपमेयरमा खड्काको उम्मेदवारी

कांग्रेसबाट चन्दननाथको मेयरमा शाही र उपमेयरमा खड्काको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले जुम्लाको एक मात्र नगरपालिका चन्दननाथमा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएकाे छ। त्यस्तै, उपमेयरमा रामदेवी खड्कालाई उम्मेदवार बनाएकाे छ।

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । उनले लामो समयदेखि जुम्लामा कानुनी वकालत गर्दै आएका थिए। यस्तै, उपमेयर पदका उम्मेदर रामदेवी खड्का सफल व्यवसायी हुन् । खड्का लामो समयदेखि राजनीतिसँगसगै जुम्लामा व्यवसाय गर्दै आएकी थिइन्।

पार्टीले टिकट दिएपछि मनोनयन पत्र दर्ता गर्न जाने तयारी गरेको मेयर पदका उम्मेदवार शाहीले बताए। शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन् भने उपमेयर उम्मेदवार  खड्का कांग्रेस नेता रामचन्द्र पौडेल निकट हुन् ।

यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएका थिए ।

Skip This
Skip This
Logo