उम्मेदवार मनोनयन हुने क्रम जारी

उम्मेदवार मनोनयन हुने क्रम जारी

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएकोमा समय सकिए पनि उम्मेदवार मनोनयन हुने क्रम जारी रहेकाे छ । 

आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराए।
 
निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया शुरु भएको थियो । 

निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरि निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । देशभरका ७५३ स्थानीय तहका लागि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।

Logo