स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । स्थानीय निर्वाचनअन्तर्गत सोमबार भएको मनोनयन दर्तामा डोल्पा जिल्लामा नेकपा एसका दुई गाउँपालिका अध्यक्षसहित एक जना गाउँपालिका उपाध्यक्ष र ६ जना वडा अध्यक्षहरू निर्विरोध निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशको डोल्पा जिल्लामा नेकपा एकीकृत समाजवादी०का काइके गाउँपालिका अध्यक्षमा अङ्गत राना, छार्का ताम्सोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएको नेकपा एसका उपमहासचिव तथा कर्णाली प्रदेश सांसद प्रकाश ज्वालाले जानकारी दिए ।
त्यसै गरी ६ वडाका ६ अध्यक्ष र २४ सदस्य समेत निर्विरोध निर्वाचित भएको नेता ज्वालाले बताए । डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष पेमा दोर्जे गुरुङ निर्विरोध भएका छन् । ९ जना पदाधिकारीसहित नेकपा एसका ३३ जना जन प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएको ज्वालाले बताए । औपचारिक घोषणा हुन भने बाकि छ ।





























प्रतिक्रिया