धनुषामा मोटरसाइकल रोकीराखेको ट्रकसंग ठक्कर खाँदा तीनजनाको मृत्यु

धनुषामा मोटरसाइकल रोकीराखेको ट्रकसंग ठक्कर खाँदा तीनजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनुषामा रोकीराखेको ट्रकसंग मोटरसाइकल ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोलमा गएराति ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा ३ जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको छ । 

सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे, लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो । 
ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Logo