कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीति छाड्ने !

कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीति छाड्ने !

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका छन् ।

घिमिरेले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् देशभरका स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई  जितको शुभकामना दिँदै सक्रिय राजनितिबाट सन्यास लिने  संकेत गरेका हुन् ।

ट्वीटरमा  घिमिरेले लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरि उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ’ ।

घिमिरे महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए । उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । 

Skip This
Skip This
Logo