सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी आजदेखी सर्वसाधारणका लागि खुलाइएको छ ।
मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन् ।
१०-१२, १-३ र ४-७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ । साधारणतर्फ टिकट दर २ सय तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १ सय ५० तोकिएको छ । पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ ।































प्रतिक्रिया